दफा १६
मूल ऐनको दफा २१ मा संशोधनः

–मूल ऐनको दफा २१ को,–(१)उपदफा (२) मा रहेका “अभिलेखगरी” भन्ने शब्दहरु पछि “संशोधन गरिएको नियमावलीको व्यहोरा प्रमाणितगरी” भन्ने शब्दहरु र देहायको प्रतिवन्धात्मक वाक्यांश थपिएको छः–“तरउपदफा (१) बमोजिम गरिएकोसंशोधन यो ऐन र प्रचलित कानून बमोजिम भएको नदेखिएमा कार्यालयले सोही व्यहोरा उल्लेख गरी संशोधन अभिलेख गर्न इन्कार गरी त्यसको जानकारी दिनु पर्नेछ।” (२)उपदफा (९) पछि देहायको उपदफा (१०) थपिएको छ–“(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा उल्लेख गरिएको भएतापनियस दफा बमोजिम नियमावलीमा भएको संशोधन कार्यालयले अभिलेखगरीसम्बन्धित कम्पनीलाई त्यसको जानकारीनदिएसम्मत्यस्तो संशोधन लागू हुने छैन ।